+

एएफसी यू-१७ महिला छनोट : नेपाल, इरान र जोर्डनसहित समूह ‘एच’ मा

२०७९ कात्तिक  १७ गते १६:४३ २०७९ कात्तिक १७ गते १६:४३
एएफसी यू-१७ महिला छनोट : नेपाल, इरान र जोर्डनसहित समूह ‘एच’ मा

१७ कात्तिक, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल, इरान र जोर्डन समूह एचमा छन् ।

यस समूहका खेलहरु सन् २०२३ अप्रिल २२ देखि ३० सम्म जोर्डनमा हुनेछ । नेपालको पहिलो खेल जोर्डनसँग अप्रिल २२ मा हुनेछ भने दोस्रो खेल इरानसँगसँग अप्रिल २६ मा हुनेछ ।

यू-१७ महिला एसियन कपका लागि २९१ टोलीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ र हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ । एएफसी यू-१९ महिला एसियन कप इन्डोनेसियामा २०२४ अप्रिलमा हुनेछ ।

आयोजक इन्डोनेसियासहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको चीन गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय