+
+

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ९:४५

२२ कात्तिक, काठमाडौं । बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?