+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रभु साहलाई समर्थन नगरेपछि रौतहटमा माओवादीले गर्‍यो आफ्नै उम्मेदवारलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:२४
रबिन्द्र पटेल धिरज ।

२३ कात्तिक, रौतहट । नेकपा माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उनलाई कारबाही गरेको हो ।

गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो ।

तरपछि त्यस क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गर्दै आफ्नो समर्थन जनाएको थियो । तर पार्टीले निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम रहेको र साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।

पार्टी निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले पटेललाई पार्टीबाट निष्काशन गरेको बताएका छन ।

‘केन्द्रीय समितिले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सघाउन दिएको निर्देशनलाई अटेर गर्दै पटेलले आफ्नो उम्मेदवारी कायम राखी अनावश्यक प्रचार प्रसार गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको हो,’ इञ्चार्ज साहले भने, ‘पार्टीले उनलाई अनुशासनको कारबाही गरेको हो, उनी आजकै दिनबाट पार्टी सदस्य होइनन् ।’

उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?