+
+

चुनावका कारण जनकपुरको रेल सेवा चार दिन बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १५:१५
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर (नेपाल-भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो ।चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?