+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:५६
आशिष र प्रफुल्ल ।

१ मंसिर, काठमाडौं । बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन !

तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन ।

आशिष अरोरा र प्रफूल्ला कोल्हेले विद्युतीय गाडीको यात्रालाई रोमाञ्चकतासँग मात्रै जोडेका छैनन्, उनीहरु यो यात्रालाई वातावरणप्रतिको प्रेमर प्रतिबद्धतासँग पनि जोडेर ब्याख्या गर्छन् । वातावरणको समस्याले स्वास्थ्यमा पारेको प्रभावले पनि उनीहरुलाई बिजुली गाडीसँग प्रेम भएको हो ।

नयाँ दिल्लीका आशिष केही वर्षअघि घाँटीको गम्भीर संक्रमणबाट पीडित थिए । उनको अप्रेसन भयो, चिकित्सकले स्वस्थ हावापानीयुक्त वातावरणमा बस्न सल्लाह दिएका थिए ।

शारीरिक अस्वस्थताको केही समय उनले क्यानडामा आराम गरे । तर, पुनः भारत फर्किए । भारत आउने बित्तिक्कै उनको संक्रमण पुनः बल्झियो । कारण थियो, वायुप्रदूषण । तर, लगत्तै सुरु भएको कोरोना महामारी र त्यसका लागि लगाइएको लकडाउनका कारण स्वच्छ हावा र शरीर सुहाउँदो मौसम अनुकुल बन्यो ।

‘मानिसले बाँच्नका लागि सबथोक बनायो, तर हावा सफा बनाउन सकेन, अब यसका लागि काम गर्नुपर्छ,’ आशिष भन्छन्, ‘ठूला–ठूला अस्पताल बनायौं, वैज्ञानिक आविष्कार गर्‍यौं र डाक्टर पढ्यौं, तर हावापानी सफा बनाउन सके अरु केही बनाउनै नपर्ने रहेछ भन्ने जानेनौं ।’

त्यसैले आफैंबाट त्यस्तो प्रयास किन सुरु नगर्ने भनेर उनले पेट्रोलबाट चल्ने आफ्नो गाडी छोडेर विद्यतीय कार किने । अरोरा केही वर्षदेखि भारतमा विद्युतीय कार चढ्न मानिसलाई प्रेरित गरिरहेका छन् । विद्युतीय कार चढ्नेलाई साथी बनाउनेदेखि उनीहरुसँग यात्रा अनुभव साटासाट गर्नु उनको अर्को महत्वपूर्ण काम बनेको छ ।

विद्युतीय कारकै सवारीमान दैनिकी राम्रोसँग चलेको भन्दै उनी भन्छन्, ‘विद्युतीय सवारी साधनले अब सबैको दैनिकीसँग जोडिन सक्ने अवस्थामा छ ।’

आशिष र प्रफुल्ल ।

यही सन्देशका लागि आशिष आफ्ना साथी प्रफुल्लसहित यतिबेला नेपाल आइपुगेका छन् ।

मंगलबार साँझ अनलाइनखबरसँगको भेटमा उनीहरुले भारतका ८ राज्य र ६ हजार किलोमिटर सडक यात्रा टाटाको नेक्सन म्याक्स विद्युतीय कारबाट पुरा गर्दाको अनुभव साटे ।

भारत–नेपाल र भुटान हुँदै पुनः भारत पुगेर उनीहरु विद्युतीय कारमा २५ हजार किलोमिटरको यात्रा पुरा गर्ने उनीहरुको उद्देश्य हो । ‘दक्षिण एसियामा विद्युतीय कारको प्रयोग सम्भव छ र वातावरणीय दृष्टिले पनि अव यसमा भविष्य खोजिनु पर्छ भन्ने भाष्य स्थापित गर्न हाम्रो यात्रा फलदायी हुनेछ’ आशिष भन्छन् ।

ह्वाट्सएपमा बनेको जोडी

विद्युतीय कारका सौखिन आशिष विद्युतीय कार प्रयोगकर्ता खोजेर सूचना र जानकारी आदानप्रदान गर्न रुची राख्छन् । त्यसैका लागि उनले एउटा ह्वाट्सएप ग्रुप बनाएका छन् । आशिषकाअनुसार सो ग्रुपमा केही नेपाली पनि छन् । त्यही ग्रुपमा भेट भएको हैदरावादका प्रफूल्ला कोल्हेलाई उनले भेटेका थिए, यसकै माध्यमबाट उनीहरुले यो यात्राका लागि निस्किने निधो गरे ।

विद्युतीय गाडीबाट २५ हजार किलोमिटर यात्रा गर्ने र विद्युतीय कार भविष्य हो भन्ने तथ्य सप्रमाण तयार गर्ने योजना बनेको थियो । आफ्नै एक कम्पनीमा निर्देशकको भूमिकामा काम गरिरहेका प्रफुल्ल पनि विद्युतीय सवारी साधनका पारखी हुन् ।

दुवै विद्युतीय सवारीका यी पारखीहरुले यात्राको रुटमा नेपाललाई पनि राखे । भारतकासबै प्रान्त छेउछेउबाट फन्को लगाउने र नेपाल र भुटानको मुख्य सहरसम्म पुगेर २५ हजार किलोमिटर यात्रा गर्ने निधो गरे । त्यसका लागि उनीहरुले टाटाको विद्युतीय कार ‘नेक्सन–ईभी’ रोजे । ११ कात्तिक (२८ अक्टोबर) बाट उनीहरुको यात्रा सुरु भएको थियो ।

काठमाडौंसम्मको यात्रा कति सहज ?

विश्वभर भर्खरै प्रयोगको व्यापकता पाउन थालेको विद्युतीय कारबारे धेरैलाई अझै आशंका छ । तर, अशेष र प्रफूल्ल टाटाको ‘नेक्सन ईभी म्याक्स’ कारमा ८ हजार किलोमिटर लामो यात्रा पुरा गरेर भारतको ८ वटा प्रान्त हुँदै सोमबार बिहान उनीहरु काठमाडौं आइपुगे ।

भारतको तेलङगना, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, राजस्थान, हरियाना, श्रीनगर र लद्दाख छिचोलेर उनीहरु नेपाल आएका हुन् ।

भैरहवाबाट नेपाल प्रवेश गरेका उनीहरु काठमाडौं आएर पशुपति नजिकैको एक होटलमा बसे । मंगलबार पशुपतिको दर्शन गरेर उनीहरुले काठमाडौं घुमे ।

धेरै मानिसलाई लाग्न सक्छ विद्युतीय कारले यति लामो यात्रा गर्न सम्भव छ ? तर, अशेष र प्रफुल्लले लक्ष्यको एक तिहाई यात्रा गरेर काठमाडौं छिचोलेका छन् ।

आशिषका अनुसार विद्युतीय कारमा यति लामो यात्रा गर्न न सडक पूर्वाधार कठिनाइले रोक्यो, न त कारको चार्जिङ पूर्वाधारको अभाव नै महसुस भयो ।

भारतदेखि नेपालसम्मको यात्रामा गाडीलाई कुनै असहजता नहुनुले अब विद्युतीय कारका लागि यस क्षेत्र सहज बनेको उनीहरु बताउँछन् ।

‘दक्षिण एसियाली क्षेत्रमा विद्युतीय गाडीका लागि वातावरण बन्दैछ, यात्राबारे प्रफुल्ल भन्छन्,‘सडक सुरक्षा, चार्जिङ स्टेसन, प्रविधि, ब्याट्री व्यवस्थापन लगायतका हामीले गरेको यात्रामा कुनै समस्या छैन ।’

यो यात्रामा उनीहरुले एक्सप्रेस हाइवे, कच्ची बाटो, हिमाल, पहाड र तराईका कयौं किलोमिटर यात्रा पार गरे । तर, गाडीले कुनै पनि ठाउँमा अप्ठ्यारोमा पारेको छैन ।

उनीहरुका अनुसार कच्ची बाटोमा समेत बाटोमा गाडीको ग्राउण्ड क्लेयरेन्सको झेल्नु परेन । माइलेज, ब्याट्री चार्जिङ, लगायत कुनै पक्षमा पनि अप्ठ्यारो परेन ।

‘टाटाले बजारमा ल्याएका विद्युतीय कार निकै प्रभावकारी रहेछ,’ प्रफुल्ल भन्छन्,‘म रुढीवादी भएकाले देशको उत्पादनलाई माया गर्छु, तर त्यति कारणले मात्रै यसो भनेको हैन, यो यात्राले मलाई टाटाको ईभीमाथि विश्वास बढायो ।’

दक्षिण एशियामा विद्युतीय गाडी प्रयोग बढाएर यहाँको वातावरणप्रति सबैले प्रेम वर्षाउनुपर्ने अशेष र प्रफुल्लको मत छ । ‘विद्युतीय गाडीको प्रयोग बढाऔं, पर्याप्त चार्जिङ पूर्वाधार बनाऔं,’ उनीहरु भन्छन् ।

फोटो/भिडिओ : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?