
२० मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । १९ मंसिर सोमबार बसेको लघुवित्तका सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
आरमएडीसी लघुवित्तसँग मर्जरको सम्झौता गरेको कम्पनीले प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
साना किसानसँग मर्जरको प्रारम्भिक सम्झौता गरि प्रक्रिया अगाडि बढाएको आरएमडीसी लघुवित्तले पनि पनि समान २६ प्रतिशत नै बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
१९ मंसिर सोमबार नै बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
दुबै कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया 4