+
+

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १७:४१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषी पेशालाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ ।

बहुउद्देश्यीय कृषि सहकारी मार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको बैंकले जनाएको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रबिन्दु बनाएर कार्य थालनी गरेको बैंकले जनाएको छ ।

बैंककाअनुसार स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत भेलाको आयोजना गरी तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रकृया अघि बढाइएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित भेलामा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन गरिएको थियो । प्रशिक्षणको सहजीकरण मुक्तिनाथ विकास बैकका सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका भूमिराज भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?