+
+

मेसी भन्छन् – विश्वकपमा मेरो अन्तिम खेल आइतबार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १२:४३

२८ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकपका आफ्नो अन्तिम खेल आउने आइतबार हुने बताएका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिनाले आइतबार फ्रान्स वा मोरक्कोसँग फाइनल खेल्नेछ ।

मेसीले त्यही फाइनल विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताए ।

मेसीको प्रेरणादायी प्रदर्नशमा अर्जेन्टिनाले मंगलबारको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । १९८६ पछि अर्जेन्टिनालाई पहिलो उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।

‘म धेरै खुशी अनुभव गरिरहेको छु । फाइनलमा मेरव अन्तिम खेल खेल्दै विश्वकपको यात्रा समाप्त गर्न पाउनु खुशीको कुरा हो,’ मेसीले अर्जेन्टाइन मिडिया डियारिओ डेपोर्टिभो ओलेसँग भने ।

‘अब अर्को आउनका लागि धेरै वर्ष लाग्छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । र यसरी समाप्त गर्नु सबैभन्दा राम्रो हो,’ अर्जेन्टिनाका कप्तानले थपे ।

३५ वर्षीय मेसी आफ्नो पाँचौ विश्वकप खेलिरहेका छन् । डिएगो म्याराडोना र जाभिएर मास्केरानोले ४-४ विश्वकप खेलेका छन् ।

कतारमा पाँचौ गोल गरेपछि मेसीले विश्वकपमा आफ्नो ११औं गोल गर्दै सर्वाधिक गोल गर्ने अर्जन्टिनी खेलाडीको कीर्तिमान बनाए । उनले गाब्रीएल बाटिस्टुटाको १० गोललाई पछि पारे ।

‘यो कीर्तिमान राम्रो हो । तर महत्वपूर्ण कुरा भनेको हाम्रो उदेश्य पूरा गर्नु हो । जुन सबैभन्दा सुन्दर कुरा हुनेछ, मेसीले थपे, ‘कडा मिहिनेतपछि हामी एक स्टेप टाढा छौँ । यसपटक यसलाई पूरा गर्न हामी सबै दिन तयार छौँ ।’

मंगलबारको जितपछि आफ्नो टिम छैटौं पटक विश्वकपको फाइनल पुगेको खुशी मनाउन अर्जेन्टिनाको सडकमा हजारौँ दर्शक उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?