+
+

साफ यू–२० वुमन्स च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल बंगलादेशसँग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १०:२९

१ पुस, काठमाडौं । सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी ३ मा हुनेछ । त्यही दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।

च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ ।

नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागेको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?