
४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।
बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4