
काठमाडौं । विश्व प्रतिष्ठित फिल्म म्यागजिन भेराइटीले संसारका सर्वकालीन १०० महान् फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा सन् १९६० मा रिलिज भएको अल्फ्रेड हिचकक निर्देशित मनोवैज्ञानिक हरर थ्रिलर फिल्म ‘साइको’ छ ।
भेराइटी लेख्छ, ‘दशकौंसम्म ‘साइको’ले ब्रह्माण्डमा पप-कल्चरको बदनामीलाई हास्य शैलीबाट प्रस्तुत गरेको छ । कलाको रुपमा यो फिल्म ओझेलमा थियो । यसलाई हिचककको महान् फिल्म मान्न सकिन्छ । अहिलेसम्म बनेको महान् फिल्म भन्दा यसले अझ बढी सम्मान प्राप्त गर्नेछ ।’
‘तै पनि त्यहाँ एउटा कारण छ कि साइकोमा हरेक पल प्रतिष्ठित छ, त्यो भनेको यसका कलाकारद्वय एन्थोनी पर्किन्स र जेनेटले नर्मन बेट्स तथा मेरियन क्रेनजस्ता पात्रको रूपमा हाम्रा कल्पना र सपनालाई स्थिर तुल्याइदिएका छन्,’ म्यागजिनले लेखेको छ ।
सन् ५० को दशकमा टेलिभिजन सेटमा खिचिएको यो फिल्ममार्फत हिचककले दर्शकलाई प्र्यांक गरेका छन् । ‘सायद कुनै पनि फिल्मभन्दा बढी साइको हो जसलाई तपाईं बारम्बार हेर्न सक्नुहुन्छ,’ भेराइटी लेख्छ, ‘यो यस्तो फिल्म हो जसले हामीसँग पहिलेको भन्दा बढी कुरा गर्छ । यसले हामीलाई जीवनका चिढ्याउने पलमा जीवन कसरी आनन्द लाग्ने घर हो भनेर सम्झाउँछ ।’
सूचीमा अरु कुन-कुन फिल्म छन् ?
दोस्रो स्थानमा सन् १९३९ मा रिलिज भएको भिक्टर फ्लेमिङ निर्देशित ‘द विजार्ड अफ ओज’ छ । तेस्रो स्थानमा अर्को मास्टरपिस फिल्म ‘गडफादर’ छ । चौथोमा ‘सिटिजन केन’, पाँचौंमा ‘पल्प फिक्सन’, छैटौंमा अकिरा कुरोसावाको ‘सेभेन सामुराइ’, सातौंमा ‘२००१ : अ स्पेस ओडिसी’ छ ।
आठौंमा ‘इट्स वन्डरफुल लाइफ’, नवौंमा ‘अल अबाउट इभ’ र दशौंमा ‘सेभिङ प्राइभेट रायन’ छ । टाइटानिक ४५ औं स्थानमा, हङकङका निर्देशक वङ कार वाइको ‘इन द मुड फर लभ’ ५३ औं स्थानमा, भारतीय निर्देशक सत्यजित रेको ‘पथर पाञ्चाली’ ५५ औं स्थानमा छन् ।
सूचीमा बाइसाइकल थिभ्स, टुभेल्भ इयर्स अ स्लेभ, द डार्क नाइट, दक्षिण कोरियाको प्यारासाइट छन् । सयौं स्थानमा सन् १९६७ मा रिलिज भएको माइक निकोल्स निर्देशित ‘द ग्राजुएट’ छ ।
प्रतिक्रिया 4