२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको बताए ।
कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनुभएको आशाकाे मत भन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’
जनताले जानेर नजानेर राम्रोसँग मत दिएको उनले बताए । नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4