+
+

‘सुन्तली’ले निर्देशन गरेको वेब सिरिज ‘मैं राम्री’ बिहीबारदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:१६

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मैं राम्री’को प्रसारण आगामी बिहीबारबाट हुने भएको छ । कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशन रहेको सिरिज ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ पौने सात बजे प्रिमियर हुनेछ ।

नेपाली समाजका विभिन्न विषयवस्तुलाई सिरिजमा उतारिएको कुञ्जनाले बताइन् । ‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य विषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ,’ उनले भनिन् ।

सिरिजको केही भाग छायांकन भइसकेको छ भने अन्य भागको तयारी भइरहेको छ । सिरिजको सम्पादन मित्र गुरुङले गरेका छन् ।

शुबिहानी फिल्म्सको ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई र मिलन राईको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?