
३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् ।
पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउँदा ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4