+
+

नयाँ कीर्तिमानसहित ढाका म्याराथनमा पुष्पाले जितिन् स्वर्ण, हाफ म्याराथनमा गोपीलाई कांस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:१६

६ माघ, काठमाडौं । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधारिएको टाइमिङसहित नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा स्वर्ण जितेकी छन् । हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य पदक जितेका छन् ।

शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित पुष्पाले स्वर्ण जितेकी हुन् ।

पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेण्डले सुधार गरेकी हुन् ।

विभागीय टोली एपीएफकी पुष्पाले गत कात्तिक १ गते नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनमा चोटग्रस्त भएपछि बीचैमा छाडेकी थिइन् । चार महिनाको बीचमा चोटबाट फर्केर नयाँ कीर्तिमान बनाउन सफल रहेकी हुन् ।

शुक्रबारको स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् । विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।

पुष्पा बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकी पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।

उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) पुरस्कार पाएकी छन् । तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार पाएकी छन् ।

यता पुरुषतर्फ हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले कांस्य जितेका छन् ।

नेपालबाट म्याराथनमा ३ पुरुष र २ महिला तथा हाफ म्याराथनमा २ पुरुष र ३ महिला गरी १० खेलाडीले सहभागिता जनाएका थिए । म्याराथनमा एपीएफकै सन्तोषविक्रम विष्ट चौथो भएका छतन् ।

हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ चौथो भइन् । राजपूरा पछाई पाँचौं र रेखा विष्ट आठौं स्थानमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?