+
+

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

शंकर गिरी शंकर गिरी
२०७९ माघ १४ गते १८:४०

१४ माघ, काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद पनि गुमाएका छन् ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?