+
+

फिल्म ‘प्रेमा’को टिजर : अरुण र शुभेच्छाको प्रेममा जब सृष्टिको प्रवेश हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १६:१९

काठमाडौं । चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ । कथावस्तुअघि बढ्दै जाँदा यी दुई चरित्रमा सृष्टिको प्रवेश हुन्छ । सम्भवतः दुईबीचको प्रेममा हुने तेस्रो व्यक्तिको प्रवेशको कथावस्तुमा फिल्मले फन्को मारेको छ ।

फिल्ममा बिमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बाँस्तोला लगायतको पनि अभिनय छ । विवेक घिमिरे र निर्देशक समेत रहेका भण्डारीको निर्देशन रहेको छ । हेर्नूस टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?