+

इंग्ल्याण्डका पूर्वकप्तान मोर्गनले लिए क्रिकेटबाट सन्यास

२०७९ फागुन  १ गते १६:०२ २०७९ फागुन १ गते १६:०२
इंग्ल्याण्डका पूर्वकप्तान मोर्गनले लिए क्रिकेटबाट सन्यास

१ फागुन, काठमाडौं । इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान इयोन मोर्गनले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

डब्लिनमा जन्मिएका ३६ वर्षीय यी क्रिकेटरले गत वर्षको जुनमा अन्तर्राष्ट्रिय करिअरबाट विश्रामको घोषणा गरेका थिए ।

मोर्गनको नेतृत्वमा इंग्ल्याण्डले सन् २०१९ मा एकदिवशीय विश्वकप जितेको थियो भने एकदिवशीय र टी–२० को विश्व वरीयतामा इंग्लिस टिम शीर्ष स्थानमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेयता उनले लण्डन स्पिरिट टिमबाट द हन्ड्रेड र पर्ल रोयल्स टिमका लागि दक्षिण अफ्रिका टी–२० लिग खेलेका थिए ।

‘गर्वका साथ क्रिकेटका सबै प्रारुपबाट सन्यासको घोषणा गरेको छु । धेरै सोच विचार गरेपछि मैले सक्रिय क्रिकेटबाट टाढा रहने निर्णय गरे । यति लामो समयमा मैले क्रिकेटबाट सबैकुरा पाएको छु,’ मोर्गनले भनेका छन् ।

सन् २००५ मा मिडिलसेक्समा सामेल हुँदै इंग्लिस टिममा पुगेदेखि दक्षिण अफ्रिकामा पर्ल रोयल्सका लागि खेल्दासम्म मैले क्रिकेटको हरेक क्षणको रोमान्च महशुस गरेको छु,’ उनले थपे, ‘क्रिकेटका लागि संसारभरको यात्राका क्रममा मैले आजीवन मित्रता विकसित गरेको छु ।’

इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिम इयोन मोर्गन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय