 
																			१० फागुन, नेपालगञ्ज । एसईई परीक्षाका बारेमा रहेको डर र अन्यौल हटाएर विद्यार्थीमा आत्मबल बढाउन भन्दै बाँकेको खजुरा, राप्तीसोनारी र बैजनाथका ४० वटा सामुदायिक बिद्यालयले नमुना एसईई परीक्षा सञ्चालन गरेका छन ।
परीक्षामा २ हजार ६ सय २७ जना विद्यार्थी सहभागी छन ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्बजनिक गरेको छ । त्यसकै तयारीमा रहेका विद्यार्थीका लागि नमुना एसईई सञ्चालन गरिएको हो ।
एसईई नमुना परीक्षाले परीक्षाप्रति रहेको डर अन्यौल हटेको र आफूमा रहेका कमी कमजोरी सुधार्ने अवसर पाएको परीक्षामा सहभागी विद्यार्थी रश्मी खड्काले बताइन ।
विद्यालयले सञ्चालन गर्ने आन्तरिक परीक्षामा मात्रै सहभागी हुँदै आएका विद्यार्थीहरु एकै पटक एसईई परीक्षामा सामेल हुँदा विद्यार्थीमा डर र आशंका धेरै हुन्छ । जानेको प्रश्नहरुको उत्तर पनि सहि तरिकाले दिन नसक्ने, समयको व्यवस्थापन गर्न नसक्ने जस्ता समस्या देखिएपछि विद्यार्थीलाई आश्वस्त पार्न विद्यालय व्यवस्थापन समितिहरुले रुम टु रिडको सहयोगमा नमुना एसईई परीक्षा सञ्चालन गरेको ज्ञानोदय माबिका सहायक प्रअ यमनारायण महतोले बताए ।
परीक्षापछि शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीहरुमा देखिएका कमी कमजोरीहरुलाई सुधार्नका लागि थप सल्लाह सुझाब दिन व्यवस्था मिलाइएको छ ।
नमुना परीक्षाको तयारीका लागि विद्यार्थीले गर्ने मिहिनेत, परीक्षा दिँदाको अनुभव र परीक्षापछि शिक्षकहरुबाट पाउने सल्लाह सुझाबपछि विद्यार्थीहरुले एसईई परीक्षा राम्रो नतिजा ल्याउने सहायक प्रअ महतो बताउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4