+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रभावकारी सेवा दिन राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १९:२३

१२ फागुन, काठमाडौं। परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् ।

उनले दूतावासहरुलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा उपस्थित भइ नेपालको छविलाई उकास्न निर्देशन दिइन्।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सिप र क्षमताको पहिचान गरी आबश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि उनले आग्रह गरिन्।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई समस्या आइ पर्दा प्रभावकारी सेवा दिन दूतावासहरुमा २४सैं घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उहाँले विशेष जोड दिइन्।

नेपालीहरुले मुलुक बाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै परराष्ट्रमन्त्री पौड्यालले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्घार गर्न कुनै कसर बाँकी नराख्न पनि उहाँहरुलाई निर्देशन दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?