+

ए डिभिजन लिगको मार्केटिङ र ब्रोडकास्टिङ एमडीएसी स्पोट्सले गर्ने

२०७९ फागुन  १५ गते १६:४० २०७९ फागुन १५ गते १६:४०
ए डिभिजन लिगको मार्केटिङ र ब्रोडकास्टिङ एमडीएसी स्पोट्सले गर्ने

१५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ एमडीएसी मार्केटिङले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ए, बी र सी डिभिजन लिग फुटबलको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्म एमडीएसी मार्केटिङलाई दिएको हो ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा एन्फा र एमडीएसी मार्केटिङबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार एमडीएसीले एन्फालाई एक करोड ९७ लाख लाख रुपैयाँ दिनेछ ।

लिग स्पेस फोरके टेलिभिजनबाट प्रसारण हुने छ । सम्झौता कार्यक्रममा नै यो घोषणा गरिएको हो ।

तेस्रो सूचना निकालेर टेन्डर एमडीएसीलाई लिगको अधिकार दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन् ।

एन्फा शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय