+
+

जसपामा अन्तर्घात गरेको आरोपमा ८० जनामाथि कारबाहीको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १५:३६

२० फागुन, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो ।

कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । जसमध्ये ८० जनालाई कारवाहीको सिफारिस गरिएको छ ।

छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ ।

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?