
काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टीबीसी बास्केटबल प्रतियोगिता–२०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ ।
जितसँगै जेभियर इन्टर नेशनल कलेजले नगद ५० हजार राशी हात पारेको छ भने उपविजेता बनेको हेराल्ड कलेजले नगद २५ हजार जितेको छ ।
प्रतियोगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड कलेजका तेन्जिन शेर्पाले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते ।
२६ फ्रेब्रुअरीदेखि सुरु भएको प्रतियोगितामा २० वटा कलेजको सहभागिता रहेको द ब्रिटिस कलेजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4