+
+

केन्द्रमा नयाँ समीकरण बने पनि बागमतीको मुख्यमन्त्री फेरिंदैन : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ९:५३

२८ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताएका हुन् । मन्त्री श्रेष्ठले भने, ‘गठबन्धन तलमाथि हुँदै गर्दाखेरी बागमती प्रदेशमा केही असरहरु त पर्लान् । म पर्दैपर्दैन भन्दिनँ । तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’

केन्द्रमा नेकपा एमालेसँगको गठबन्धन कायम रहेको बेलामा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेससहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेकोबेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताए । तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने उनको भनाइ छ ।

सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरुको फरक फरक अभिव्यक्ति सार्वजनिक भएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर जाऔं भन्ने हाम्रो अनुरोध रहन्छ । तर उहाँहरु बस्न चाहनुभएन भने त जर्बजस्ती बस्नुस् भनेर हामीले बाँधेर राख्न पनि सक्दैनौं ।’

बागमती प्रदेश सरकारको समीकरण कस्तो हुन्छ भन्ने विषय एमालेको निर्णयमा भर पर्ने उनले बताए । ‘तर अहिले नै बागमती प्रदेश सरकारको नेतृत्व फेरबदल हुँदैन,’ मन्त्री श्रेष्ठले भने ।

गणतन्त्र र संघीयताविरुद्ध माहोल तयार गर्ने काममा युट्युब प्रयोग भइरहेको भन्दै त्यसलाई नियमन गर्नेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?