+
+

पौडेलले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १८:४५

२८ फागुन, काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?