+

रोड रेस र बक्सिङ हुने

२०७९ फागुन  २९ गते १९:५७ २०७९ फागुन २९ गते १९:५७
रोड रेस र बक्सिङ हुने

२९ फागुन, काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी गराए ।

रोड रेसमा पुरुष-महिलाको १० किलोमिटर दौड हुनेछ । दुवै समूहमा शीर्ष ५ स्थान हात पार्ने पुरुष-महिला खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार नगद पुरस्कार दिइने छ । आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुनेछ ।

रेसका लागि राजन खत्रीलाई संयोजक तोकिएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ । बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिब १ सय ४० खेलाडी सहभागी हुने छन् ।

पुरुष-महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष-महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका लागि बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ । खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

राष्ट्रिय बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय