+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, १ हजार ९५ जनालाई १० कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:४४

३ चैत काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। आईपीओ निष्कासनका लागि लघुवित्तले धितोपत्र निष्कानस तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको मेगा क्यापिटल मार्केट्सले आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले १८ फागुनदेखि २३ फागुनसम्म सर्वसाधारणका लागि ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता साधारण निष्कासनमा ल्याएको थियो। लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन दिएका बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द हुँदा १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको भएको छ।

मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत लघुवित्तको आईपीओ बाँडफाँट गर्दा कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?