+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : एमालेविना राष्ट्रिय सहमति सम्भव छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:४१

६ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय सहमति अरोन्य रोदनको विषय नभएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले राष्ट्रका साझा चुनौतीको सामना गर्न र अभिभाराहरु पूरा गर्न सिंगो देश र संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने बताए । तर त्यसका लागि सहमति उन्मुख गतिविधि गर्नुपर्ने भन्दै उनले भने, ‘सहयात्रीलाई घोक्राएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन ।’

एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरे । प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए ।

संसदको सिट संख्याका हिसाबले दोस्रो र जनमतको हिसाबले एमाले पहिलो दल भएको भन्दै उपाध्यक्ष पौडेलले भने, ‘एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’

प्रधानमन्त्रीले खोजेको सहमतिले दलहरुका बीचमा विभाजन निम्त्याउने र मुलुकलाई अनिश्चित अस्थिरतातिर डोहो¥याउने भन्दै उनले यस्तो शब्दजालमा मुलुक फस्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?