+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चीनले भन्यो : युक्रेनलाई हतियार दिने अमेरिका हो

रासस रासस
२०७९ चैत ६ गते २०:३०

६ चैत, काठमाडौं। द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयले जिकीर गरेको छ ।

‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भने ।

चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताए।

‘युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो,’ वाङले संयुक्त राज्य अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरे ।

अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ, वाङले थपे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?