+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रभु बैंकद्वारा विद्यार्थीलाई बैंकिङ साक्षरता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:४६

काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको हो ।

ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको प्रभु बैंकले जनाएको छ । उनीहरुलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराउनुको साथै बैंकिङ साक्षरता प्रदान गरिएको थियो ।

विद्यार्थीलाई ४ वटा समूहमा विभाजन गरेर बैंकको प्रधान कार्यालयको अवलोकन गराउनुको साथै बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । उनीहरुलाई बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार समेत गराइएको प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताए ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थीलाई कापी, कलम लगायत शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?