+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाको बारा २ को निर्वाचन संयोजकबाट गणेश कार्कीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १४:१९

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन् ।

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै पत्र लेखेर कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न नसक्ने बताएका छन् ।

‘व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारीबहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजीनामा दिएको छु ।’

आफू संयोजक नरहे पनि उपचुनावका गतिविधिहरूमा मेरो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?