इंग्लिस ब्याटर रोयले कोलकताबाट आईपीएल खेल्ने
२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टोली कोलकता नाइट रायडर्सले इंग्लिस ब्याटर ज्यासन रोयलाई अनुबन्ध गरेको छ ।
कोलकताले रोयलाई २ करोड ८ लाख भारुमा अनुबन्ध गरेको हो । रोयले अक्सनमा बेस प्राइज १ करोड ५० लाख राखे पनि कुनै टिमले अनुबन्ध गरेका थिएनन् ।
कोलकताका नियिमत कप्तान श्रेयस ऐयर चोटका कारण जारी सिजनको आईपीएलमा उपलब्ध नहुने भएका छन् ।
बंगलादेशी अलराउण्डर शकिब अल हशनले पनि यस सिजन आईपीएलमा सहभागी हुन नसक्ने बताइसकेका छन् ।
महत्वपूर्ण खेलाडीहरु बाहिरिँदा संकटमा परेको कोलकताका लागि रोयको आगमनले केही राहत मिलेको छ ।
शकिबले जारी सिजन नखेल्ने भएपछि कोलकताले रोयलाई भित्र्याएको हो ।
रोयले पछिल्लो पटक २०२१ मा सनराइजर्स हैदरवादाबाट आईपीएल खेलेका थिए । जसमा उनले ५ खेलमा एक अर्धशतक मदतमा १५० रन बनाएका थिए । उनले २०१७ गुजरात लायन्सबाट खेल्दै आईपीएलमा डेब्यु गरेका थिए ।
३२ वर्षीय रोयले इंग्लयाण्डका लागि ६४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा उनले ८ अर्धशतक मदतमा १ हजार ५२२ रन बनाएका छन् ।
रोयले टप अर्डरमा आक्रमक ब्याटिङ गर्छन् ।
कोलकताको अन्य विदेशी खेलाडीमा वेष्ट इन्डिजका आन्द्रे रसेल र सुनिल नारिन, न्युजिल्याण्डका लकी फुर्गसन र टिम साउदी, अफगानिस्तानका रहमानुल्लाह गुर्बाज, बंगलादेशका लिट्टन दास र नामिबियाका डेविड विजा छन् ।
कोलकता पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको थियो । कोलकताले दोस्रो खेल बिहीबार रोएल च्यालेन्जर्स बेंगलोरसँग घरेलु मैदानमा खेल्नेछ ।
प्रतिक्रिया 4