
२४ चैत, डाेटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहरा नेतृत्वको टोलीले तालाबन्दी गरेका हाे ।
विभिन्न १४ बुँदे माग राखेर तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहराले जानकारी दिए । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कार्यालय बाहिर जान अनुरोध गर्दै दिउँसो करिब साढे १२ बजेतिर तालाबन्दी गरिएको एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेकबहादुर बोगटीले बताए ।
आफूहरुको माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने पनि उनले बताए ।
आफू काम विशेष गाउँपालिका बाहिर रहेको तर कार्यालयमा बुझ्दा १४ बुँदे माग राख्दै एमाले र युवा संघले तालाबन्दी गरेको पूर्वीचौकी गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4