+
+

पृथ्वीमा कहाँ र कति वर्षा हुन्छ ? अब चीनले ठ्याक्कै बताइदिनेछ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १४:३८

काठमाडैं । धर्तीमा कहाँ कति वर्षा हुनेछ भन्ने कुरा जान्न अब सहज हुने भएको छ । चिनिया वैज्ञानिकहरुले एउटा यस्तो स्याटेलाइट बनाएका छन् जसले पृथ्वीमा वर्षाको मापनमा सहयोग गर्दछ । उक्त स्याटेलाइटको नाम Fengyun-3G अर्थात् FY-3G हो । यो स्याटेलाइटलाई हालैमात्र प्रक्षेपण गरिएको छ । यसले अन्तरीक्षमा ६ वर्षसम्म काम गर्नेछ ।

फेंग्यून थ्री जी चीनको पहिलो यस्तो स्याटेलाइट हो जसमार्फत् वैज्ञानिकहरुले अन्तरीक्षबाट पृथ्वीमा वर्षाको निगरानी गर्न सक्नेछन् । विश्वमा यस्ता केवल ३ वटामात्रै स्याटेलाइट छन् र चिनिया स्याटेलाइट त्यसमध्ये एक हो ।

चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसले उक्त स्याटेलाइट निर्माण गरेको हो । यसको ग्राउण्ड सिस्टम चाहीँ चीनको मौसम विभागले तयार गरेर सञ्चालन गर्नेछ ।

केन्द्रीय मौसम विज्ञान वेद्यशाालका प्रमुख चेन झेनलिनका अनुसार फेंगयून सिरिजको २० औँ स्याटेलाइटको रुपमा रहेको FY-3Gबाट मौसमसँग सम्बन्धित चिनिया तल्लो कक्षीय स्याटेलाइट समूहको क्षमता पत्ता लगाउनेछ । विश्वव्यापी आँधीबेहेरीसँग सम्बन्धित सुरुवाती चेतावनी दिने क्षमतामा पनि यसबाट ठूलो सुधार हुनेछ ।

यसभन्दा पहिले जमिनमा रहेका रेनगेज र राडारबाट वर्षाको बारेमा जानकारी प्राप्त हुन्थ्यो । यद्यपि उपकरणहरुको कमी तथा असमान वितरणका कारण ठूलो परिमाण तथा सटिक रुपमा जानकारी हासिल गर्न मुस्किल हुने गर्दछ ।

चीनको राष्ट्रिय भूउपग्रह मौसम विज्ञान केन्द्रका उपनिर्देशक झांग पेंगका अनुसार जमिनमा रहेका उपकरणहरुमा ब्लाइन्ड स्पट हुन्छ । तर अन्तरीक्षका स्याटेलाइटमा यो समस्यालाई हटाउन सकिन्छ । जमिनमा आधारित प्रणालीबाट मापन गर्न सकिने ठाउँका डाटाहरुलाई पनि स्याटेलाइटबाट संकलन गर्न सकिन्छ ।

वर्षाको निगरानी गर्ने तथा सुरुवाती चेतावनीको सटीकता बढाउनका लागि वैज्ञानिकहरुले FY-3G मा वर्षाको मापन गर्ने डुअल फ्रिक्वेन्सी राडार पनि जडान गरेका छन् जसले स्याटेलाईट रहेको ४०७ किलोमिटरको उचाइँमा पनि थोपा थोपाको सटिक जानकारी दिन सक्नेछ ।

FY-3G का मुख्य डिजाइनर कियान बिनका अनुसार स्याटेलाइट ५० डिग्रीको झुकावसँगै कम झुकावयुक्त कक्षमा रहनेछ । यसले खासगरी ५० डिग्रीको उत्तरी अक्षांसदेखि ५० डिग्रीको दक्षिणी अक्षांसको सीमा भित्रको तथ्यांक प्रदान गर्नेछ ।

चिनिया मौसम विज्ञानका अनुसार आगामी ६महिनामा FY-3G मा in-orbit test बाट गुज्रिनेछ र आगामी वर्षायाममा बाढीका साथै आँधीबेहेरी लगायतका मौसमी विपदहरुको सूचना दिनेछ ।

चीनसँग हाल पृथ्वीको कक्षमा मौसमसँग समबन्धित कूल ८ वटा फेंगयून स्याटेलाइट छन् जसले १२६देश तथा क्षेत्रहरुमा डेटा प्रदान गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?