+
+

परराष्ट्रका नासु भण्डारी बेगनास तालमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १५:२६

२५ वैशाख, पोखरा । परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला परेका छन् ।

अन्दाजी ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

उदयपुर घर भएका उनी आइतबार घुम्न पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?