+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमा आत्मनिर्भर बनाउने र वन लिजमा दिने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:०४

५ जेठ, काठमाडौं। सरकारले आगमी आर्थिक वर्षभित्र काठमा आत्मनिर्भर बनाउने तथा वन लिजमा दिने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई काठमा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

उनले भने, ‘ तीनै तहको सरकारको समन्वय र समुदायको सहभागिता सहित वनको सम्वर्द्धन गरिनेछ । दिगो वनको उचित व्यवस्थापन अनुरुप  काष्ठ र गैरकाष्ठ उत्पादन, विकास, विस्तार आपुर्तीमा मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ।’

निजी वनको प्रवर्द्धन गर्न साझेदारीमा लगानी गर्नेसमेत उनको भनाइ छ । उनले भने, ‘नीति तथा कार्यक्रममार्फत ढला पडा रुखको आवश्यक प्रक्रिया पूरा गरी आगमी दुई वर्षभित्र विक्री वितरण गरिनेछ।’

यस्तै सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल प्रवर्द्धन गर्न एकीकृत कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको छ। राष्ट्रपति पौडेलले भने, ‘ बाँझो जमिन र नदि उकास जमिनको उपयोग गरिनेछ ।’

नीति कार्यक्रम पढ्दै राष्ट्रपति पौडेलले वन क्षेत्रलाई असर नपर्ने गरी जडिबुटी खेती गर्ने लिजमा दिने घोषणासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?