
७ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रतिनिधिसभामा प्रयोग गरेको ‘असंसदीय शब्द’ संघीय संसद सचिवालयले रेकर्डबाट हटाइएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहीले नेपाली कांग्रेसका संस्थापक नेताहरुको नाम लिएर आलोचना गरेका थिए । सत्ताका लागि कांग्रेसले जस्तो पनि नीति लिएको भन्दै आलोचना गरेका थिए ।
त्यसपछि कांग्रेस सांसदहरुले असंसदीय भाषा प्रयोग भएको भन्दै निमापत्ती गरेका थिए । सभामुखको भूमिका निर्वाह गरिरहेकी उपसभामुख इन्दिरा रानाले ध्यानाकर्षण भएको बताइन् ।
त्यसमा चित्त नबुझाएर कांग्रेस सांसदहरुले उठेरै विरोध गरेपछि सभामुखको भूमिका निर्वाह गरिरहेकी उपभामुख रानाले सांसद शाहीले बोलेको असंसदीय शब्द सुनी रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4