
१० जेठ, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले दिंवगत साहित्यकार पुरुषोत्तम बस्नेतको लोकतान्त्रिक आन्दोलमा योगदान अतुलनीय रहेको बताएका छन् ।
बस्नेतको १३ औं दिनको तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्ने क्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘लोकतान्त्रिक आन्दोलनमा पुरुषोत्तम बस्नेतले पुर्याएको योगदानको तुलनामा हाम्रो योगदान फिका हुन्छ ।’
कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले त्यागेको संस्कृतिको अग्लो धरोहर बस्नेत रहेको बताए । कांग्रेस नेताहरु र साहित्यकर्मी भेला भएको श्रद्धाञ्जली सभामा साहित्यकार अभि सुवेदीले बजारमा निस्केका साहित्यलाई बस्नेतले वीपीकहाँ पु¥याइदिने गरेको भन्दै उनको स्मरण गरे । बस्नेत र आफूबीचमा नागरिक स्वतन्त्रताका पक्षमा छलफल तथा बहस हुने गरेको बताए ।
साहित्यकार भुवन ढुङ्गानाले बोल्ने कम र काम धेरै गर्ने व्यक्तिका रुपमा बस्नेतलाई सम्झिए । बस्नेत लिखित ‘इतिहासको प्रारुप भाग ३’ छिट्टै प्रकाशित गरिने वीपी स्मृति ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले श्रद्धाञ्जली सभामा जानकारी गराए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला कार्यक्रममा उपस्थित भए पनि विचार भने व्यक्त गरेनन् ।
संविधानसभा सदस्य समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा वैशाख २९ मा निधन भएको थियो । कांग्रेसको राजनीतिमा लामो समय क्रियाशील बस्नेतले ९ वर्ष जेल जीवन विताएका थिए ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।
प्रतिक्रिया 4