+
+

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिताका विजेतालाई गृहमन्त्री श्रेष्ठले प्रदान गरे पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:३६

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा सर्वश्रेष्ठ वर्ष भिडियोको उपाधि टिम डुलुवाको ‘दि नर्दन वालले’ जितेको छ । जितसँगै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज अवार्ड–२०२३ पनि प्राप्त गर्‍यो । दोस्रो महत्वपूर्ण अवार्ड ‘जजेज च्वाइस’ चाहिं आर्यन कुँवरको ‘मयूरी चाल’ले जित्यो ।

यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पार्‍यो । ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ले जित्यो । यसले एक लाख नगदसहित अवार्ड जित्यो । दश विधामा भिडियोलाई पुरस्कृत गरिएको थियो ।

‘फ्युचर स्टार अफ दी इयर’ आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’ सन्दकपुर गाउँपालिका, ‘बेस्ट एडिटर’आकाश धिमाल, ‘बेस्ट स्क्रिप्ट भ्वाईस ओभर’ रुमण थापा, ‘बेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’ सुरेशकुमार मुखिया, ‘वुमन भिडियो मेकर अफ दी इयर’ गरिमा भण्डारी र ‘बेस्ट सिनेमाटोग्राफर’ सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । कार्यक्रम फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

फाउन्डेसन अध्यक्ष तुलसी गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज’को पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए ।

वी विल राइज फाउन्डेसनले उदार भावनासहित कार्यक्रम गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । ‘यस्तै संस्थाहरूको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पुर्‍याउन सफल बनोस्,’ मन्त्री श्रेष्ठले भने, ‘हामी अहिले त्यस्ता संस्थाहरूको खोजीमा पनि छौं, जसले विभिन्न ठाउँबाट र विभिन्न कोणबाट नेपालको पहिचान र प्रगतिका निम्ति योगदान गरिरहेका छन्, तर बाहिर त्यति धेरै चर्चामा आएका छैनन् ।’

यस्ता कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?