+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

युवा संघले जलायो अखण्ड भारतको नक्सा (तस्वीरहरू )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० जेठ १७ गते २०:१५

१७ जेठ, काठमाडौं । अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले अखण्ड भारतको नक्सा जलाएको छ।

नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै एमालेको भातृ संगठन युवासंघले काठमाडौंको नयाँ बानेश्वरमा राँके जुलुससहित अखण्ड भारतको नक्सा जलाएको हो ।  उनीहरुले नयाँ बानेश्वरमा भएको प्रदर्शसमेत गरेका छन्।

उनीहरुले ‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ र ‘सीमाना पारी पाहुनाको लस्कर, शितल निवासमा नागरिकता तस्कर’  लगायतका नारासहित अखण्ड भारतको नक्सा जलाएका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्सामा राखेपछि नेपालमा त्यसको आक्रोशसहित विरोध सुरू भएको हो ।

यसअघि संयुक्त संगठनले पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?