केही बर्ष अघि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र मोहन वैद्यलाई निहुरिएर नमस्ते गर्दै आफूलाई माओवादी बताएका कलाकार निर शाह अन्तत नेपाली कांग्रेसको चुनाव प्रचारमा निस्किएका छन् ।
आफूलाई जन्मजात कांग्रेस भएको बताउँदै लोकतन्त्र र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेस मात्र एक पार्टी भएको बताउँदै नीर शाह देश दौडाहामा निस्किएका हुन् । प्रचण्डको हातबाट कलाकारहरुले टिको लगाउदै एकिकृत नेकपा माओवादीमा प्रवेश गर्दा निर शाहले आफ्नो बिचार र भावना माओवादीसँग मिल्ने भन्दै प्रचण्डलाई फुरुङ्ग पारेका थिए ।
उसो त एकिकृत नेकपा माओवादी जनयुद्धमा रहदा नीर शाह कट्टर राजवादीको रुपमा चिनिन्थ्य । उनलाई नीर राजाको नामले पनि चिनिन्छ । तर उनी संविधान सभाको निर्वाचन नजिक आउँदै गर्दा नेपाली कांग्रेसलाई जिताउन देश दौडामा गीतकार किरण खरेल र निर्देशक मदनदास श्रेष्ठको साथमा निस्किएका छन् ।
प्रतिक्रिया 4