+
+

कर्णाली सरकारले सडक मर्मत सम्भार समूह बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:१९

१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले रोजगारी सिर्जना पनि हुने र सडक पनि बाह्रै महिना सञ्चालन गर्नेगरी समूह निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो ।

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ नारा अघि सार्दै प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । जसअन्तर्गत समूह निर्माण गरेर दीर्घकालीन रोजगारीलाई टेवा पुर्‍याउने गरी सडक मर्मतसम्भारकर्ता राखेर रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो । यस्तो कार्यले बाह्रै महिना सडक सञ्चालनका लागि सहज हुने प्रदेश सरकारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?