+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकीका किसानले निःशुल्क बाली बीमा गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते २०:०२

१ असार, काठमाडौं । गण्डकी प्रदेशका किसानले कृषि बाली बीमामा शतप्रतिशत अनुदान पाउने भएका छन् । हाल संघीय सरकारले कृषि बीमाको प्रिमियममा दिंदै आएको ८० प्रतिशत अनुदानमा थप सहुलियत प्रदान गरी निःशुल्क बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गण्डकी सरकारले गरेको हो ।

शुक्रबार प्रदेशको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । ‘कृषि पेशालाई प्रोत्साहन गर्न तथा कृषि उत्पादनको प्रतिफल सुनिश्चितता गर्न कृषि बाली बीमा कार्यक्रम प्रभावकारी बनाउन नेपाल सरकारले उपलब्ध गराएको सहुलियतमा थप सहुलियत प्रदान गरी निःशुल्क बाली बीमा कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?