
७ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।
हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटक कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ । अरुको देखेर जहाँ पनि डोजर चलाएका छौँ । त्यसको निययन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ’ उनले भने ।
नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको उनको भनाइ छ ।
‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ । दिगो विकास गरेनौँ । त्यसकै परिणाम आज हामी भोग्दैछौँ । पोहोर साल हाम्रो सगरमाथा बढ्यो । यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ । हल्लिरहेको जमिन हो, कुनैपनि बेला बाढी आउन सक्छ । थोरै मात्रै केही तलमाथि पर्यो कि पहिरो गइहाल्छ’ गौतमले भने ।
प्रतिक्रिया 4