+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न लगानीमैत्री मौद्रिक नीति आवश्यक : अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १७:५५

८ असार, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक भएको बताएका छन् ।

शुक्रबार परिसंघको २० औं साधरणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकलाई यस्तो आग्रह गरेका हुन् ।

बजेटको कार्यान्वयन र ६ प्रतिशतको आर्थिक लक्ष्य पुरा गर्न खुकुलो मौद्रिक नीति आवश्यक रहेको उनले बताए । निजी क्षेत्र मन्दीका कारण शिथिल बनेको भन्दै उनले निजी क्षेत्रको मनोबल नउठाई अर्थतन्त्रले गति लिन नसक्ने बताए ।

‘अर्थतन्त्रका चुनौतीकाबीच आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्नेछ,’ अग्रवालले भने, ‘यसका लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक छ । निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति ल्याउन विशेष अनुरोध गर्न चाहन्छु ।’

निजी क्षेत्रले जस्तो सुकै परिस्थितीमा सरकारलाई सहयोग, सहकार्य गर्दै आएको भन्दै उनले लगानीको वातावरण निर्माणका लागि राज्य, प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।

छोटो अवधिमै हुने नीतिगत व्यवस्था परिमार्जनले लगानीलाई सुनिश्चितता प्रदान नगर्ने भन्दै अध्यक्ष अग्रवालले लगानीको वातावरणका लागि न्यूनतम १० वर्षसम्म ऐन, कानुन, नीति परिमार्जन हुँदैन भन्ने ग्यारेन्टी गर्न सरकारसँग माग गरे ।

कानुनी स्थायीत्वले लगानीमा अभिवृद्धि ल्याउने, र मुलुकलाई आर्थिक मन्दीको अवस्थाबाट समृद्धिको बाटोमा लैजान सहयोग गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?