+
+

तीन महिनामा सिटिजन्स बैंकको कर्जा सवा अर्ब वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १५ गते १२:४६

१५ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालू आवको पहिलो त्रैमासमा १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

citizens bank

पहिलो त्रैमासको नाफाअनुसार बैंकको वाषिर्क प्रतिसेयर आम्दानी २० रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

चालू आवको पहिलो तीन महिनामा बैंकले ५४ करोड रुपैयाँ थप निक्षेप संकलन गरेको छ । असारमा २२ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको निक्षेप असोज मसान्तमा २३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकले कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि गरेको छ । तीन महिनामा १ अर्ब ३७ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको बैंकले जनाएको छव । कर्जा रकम असार मसान्तको १७ अर्ब ९६ करोड रुपैयाँबाट असोज मसान्तमा १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये खराब कर्जा अनुपात २.६६ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?