
१७ असार, काठमाडौं । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरुपूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुरुपूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।
सोमबार बिहान ६ः३० बजे नगरपालिका परिसरमा विविध कार्यक्रम गरि व्यास अवतरण मनाइने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4