+
+

एकल महिलालाई नि:शुल्क ‘बगान’ देखाउने सरोज खनालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १६:५१

काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले मुलुकका एकल महिलालाई निःशुल्क रुपमा फिल्म ‘बगान’ देखाउने घोषणा गरेका छन् । ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको खनालले बताए ।

समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो ।

एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि फिल्मले पेश गर्ने अभिनेता खनालले बताए । ‘फिल्ममा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । फिल्म पूर्ण रुपमा शिक्षाकै बारेमा छ,’ उनले भने । पत्रकार सम्मेलनमा आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री मानन्धरले समाज परिवर्तनका लागि आफूले यस्तो भूमिकामा काम गरेको बताइन् ।

‘समाज परिवर्तनमा सानो भूमिका खेले पनि यसलाई फिल्मको उपलब्धि मानिनेछ,’ मानन्धरले भनिन्, ‘यसमा आमाको भूमिकालाई नजिकबाट नियाल्ने प्रयास गरेका छौं ।’

फिल्म असार २९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?