+
+

राष्ट्रको जिम्मा एमालेले लिन्छ : नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १७ गते १७:१५

madhav-nepal१७ कात्तिक, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्र निर्माणको जिम्मा एमालेले लिने बताउनुभएको छ ।मतदाता घरदैलो अभियान अन्तरगत आइतवार काठमाडौं-२ को इन्द्रायणी गाविसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले संविधान निर्माण र मुलुकको नेतृत्व गर्न एकीकृत माओवादी पूर्ण रुपमा असफल भइसकेको जिकिर गर्नु भयो ।

उहाँले भन्नुभयो,’संविधानसभा विघटनकर्ताले संविधान निर्माण र मुलुक सञ्चालनको नेतृत्व लिन सक्दैन । त्यसैले राष्ट्र निर्माणका लागि नेतृत्व लिन एमालेलाई बहुमत आवश्यक छ ।’नेपालले इन्द्रायणीका सबै वडाका मतदाताहरुसँग भेटघाट गर्नुका साथै अन्र्तक्रियासमेत गर्नुभएको छ ।

आइतवार नै नेता नेपालले वडा नं-३५ को नरेफाँट, पाल्पाकोट र गैहृीगाउँ क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्नुभएको उहाँका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?