
१० साउन, काठमाडौं । काठमाडौं र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौंमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महर्जनले ती बालिकालाई सितापाइलामा पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ । सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले महर्जनलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती किशोरीलाई बिवाह गर्छु भन्दै प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको आरोप छ ।
प्रतिक्रिया 4